काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीचको एकता प्रक्रिया अलपत्र परेको छ।०७९ पुसमा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएका थिए। नेसपाका तर्फबाट विभिन्न प्रस्तावसहितको प्रतिवेदन माओवादी केन्द्रलाई बुझाए। तर, माओवादी केन्द्रले स्पष्ट जवाफ दिएको छैन। यता दुवै पार्टीका अध्यक्षबीचको विवाद पनि सतहमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले न