विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरू नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौं घटनाहरू विगतमा पनि हुँदै आएका छन् । पछिल्लो पटक अभिनेता अनमोल केसी पनि फौजदारी मुद्दाअन्तर्गत आपराधिक विश्वासघातमा गत शुक्रबार पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै उनी प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पतालको सुविधासम्पन्न क्याबिनमा बसेपछि यसको आलोचना भइरहेको छ ।