लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नुभएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतवार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो ।
गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गर्नुभयो । ‘निर्वाचनविद्हरूले हा...