मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी  वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन । घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उहाँले बताउनुभयो । भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको उहाँले बताउनुभयो । ...

सम्बन्धित सामग्री

आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने अनुमान गरिएको कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महा...

आजको मौसम घमाइलो, भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ । यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि...

आज वाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका केही ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकाकाे पनि मौसम बदली भएको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज र भोलि ठूलो पानी पर्ने सम्भावना नदेखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो। आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरू मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा...

अझै केही दिन पानी पर्ने

काठमाण्डौ – देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पानी पर्ने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘आउँदो सोमवारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ’, उहाँले भन्नुभयो ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्य...

आज लुम्बिनी र सुदूरपश्चिममा पानी पर्ने सम्भावना : झरी रोकिएपछि मौसम खुल्न थाल्यो

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेलुका देशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रमा बेलुकी हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशमा पहाडी केही क्षेत्रमा मात्रै पानी पर्ने अनुमान छ । अबको केही दिन ठ...

आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने

काठमाण्डाै – देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताउनुभयो । प्रिमनसुनको बेलामा कतै कतै एक्कासि&n...

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

मनसुन सक्रिय : आज देशभर पानी पर्ने सम्भावना, यी नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ । मनसुन सक्रिय रहेका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]