इटालीले जित्यो युरोकपको उपाधि, टुट्यो इंग्ल्याण्डको सपना

असार २८, काठमाडौं । युरोकपको उपाधि इटालीले जितेको छ । सोमवार बिहान वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ । ५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना भने टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो । इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे । ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

सम्बन्धित सामग्री

यो सिजन लिभरपुलले क्वाडरुपल जित्ला ? भर्जिल भान डाइक यसो भन्छन्

काठमाडौं- लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ । यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो  छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको […]

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट : तेस्रो स्थानका लागि ओमानले जित्यो टस

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।

इङ्ग्ल्यान्डको सपना कुल्चिँदै इटलीले जित्यो युरो २०२० - BBC News नेपाली

विश्वासपूर्ण अनुमान, तनाव र इङ्गलिस समर्थकहरूको गहिरो भावना जोडिएको युरो कप फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी शुट आउटमा हराउँदै इटलीले उपाधि हात पारेको छ।

स्कटल्याण्डको विश्वकप सपना टुट्यो, इंग्ल्याण्डले जित्यो

असोज २३ – आउँदो वर्ष रुपमा हुने विश्वकप फुटबलमा स्थान पक्का  गरिसकेको इंग्ल्याण्डले छनौट चरणको अन्तिम खेलमा पनि जित निकालेको छ । युरोपियन क...