काठमाडौं- लिभरपुलले फेब्रुअरीमा काराबाओ कप जित्यो । आगामी एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगमा पनि लिभरपुलको दाबेदारी कायम नै रहेको छ । यसकारण लिभरपुलले यो सिजन चारैवटा उपाधि जितेर क्वाडरुपलको सपना साकार पार्ने पो हो की भन्ने धेरैको चासो छ । शनिबार भएको खेलमा लिभरपुलले चीर प्रतिद्वन्द्वी म्यानचेष्टर सिटीलाई पराजित गरेसँगै एफए कपको फाइनलमा स्थान पक्का गरेको […]
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।
असार २८, काठमाडौं । युरोकपको उपाधि इटालीले जितेको छ ।
सोमवार बिहान वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ ।
५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना भने टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।
दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो ।
इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे ।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।
विश्वासपूर्ण अनुमान, तनाव र इङ्गलिस समर्थकहरूको गहिरो भावना जोडिएको युरो कप फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टी शुट आउटमा हराउँदै इटलीले उपाधि हात पारेको छ।