काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाबीच शिष्टाचार भेट भएको छ। सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको हो। इटाली सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू