कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्पप्रायः रहेको मनास्लु क्षेत्रमा पाँच महिनापछि चहलपहल बढ्न थालेको छ । यति बेला मनास्लु हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहण गर्न आएका पर्वतारोही सामागाउँ क्षेत्रमा खचाखच रहेको चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर लामाले बताए ।