काठमाण्डाै – यस वर्षको शरद् ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० जनाभन्दा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका तीन सय ९४ आरोहीले आरोहण अनुमति लिएका छन् ।
विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । यस्तै धौलागिरि (८, १६७ मिट...