इलाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब आन्दोलन नभइ नागरिकको समर्थन रोज्नुपर्ने बताउनुभएको छ । गृह जिल्ला इलाममा बिहीवार आयोजित चुम्लुङ हीम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ?’ नेम्वाङले प्रश्न गर्नुभयो । साथै उहाँले चुनावको तयारी थाल्नुपर्ने सङ्केत गर्नुभयो ।
नेम्वाङले भन्नुभयो, ‘म आग्रह गर्छु, सबै र...