काठमाडौं : रूपन्दहीको बुटवल अस्पताल लाइनमा बोलेरो पिकअप जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गएराति ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जीप दुर्घटना हुँदा प्युठानको गौमुखीगाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन्। घाइतेमध्ये सुरेशको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।