रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी

मकवानपुर, पुस १३ । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्रियाशील पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा मनिल महतो चुनिएका […]

सम्बन्धित सामग्री

पर्यटनको सम्भावनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

नेत्र मरासिनी : पौष २९,अर्घाखाँची , सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोडदिनुभयो । रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई […]

राष्ट्रपतिबाट असंवैधानिक कदम चालियो : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । उनले यसले विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने बताए । रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौँ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले दोहोराएर संसद्ले राष्ट्रपतिसमक्ष कुनै पनि विधेयक पठाइसकेपछि...

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको पहिलो कार्यसमिति घोषणा

अमेरिका, २९ साउन । रिपोर्टर्स क्लब नेपालको पहिलो प्रवास शाखाका रुपमा टेक्ससमा स्थापना भएको रिपोटर्स क्लव अमेरिका शाखाको पहिलो कार्यसमिती घोषणा भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोषन पुरीको प्रमुख आतिथ्यतामा शनिबार टेक्ससको युलेशमा क्लबको अमेरिका शाखाले पहिलो कार्यसमिती घोषणा तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीको […]

रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिति गठन

काठमाडौँ। रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ। पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्य रहने गरि रिपोटर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो। गठित कार्यसमितीमा रेग्मी सहित पत्रकार ओम आचार्य, प्रशन्न ढुंगाना, रोषन अधिकारी, सरु शर्मा, शंकर थापा, महालक्ष्मी सिलवाल, टेक लामा र उत्तम धमला रहेका छन्।

पूर्वगभर्नरको नजरमा यस्ता छन् देशको आर्थिक संकटतर्फ धकेलिनुका कारण

रुपन्देही । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिदै गएको नेपाल राष्ट्रका पूर्वगर्भनर चिरञ्जीवी नेपालले बताएका छन् । बुधवार रिपोटर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले सो बताएका हुन् । कोरोनाभाइरस पश्चात आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिलेसम्मकै […]

राष्ट्रपति नेकपाकी सल्लाहकार बनिन्

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नेकपा भित्रको शक्ति संघर्षलाई नौटंकीको संज्ञा दिएका छन्।  पूर्व सिँचाइ मन्त्रीसमेत रहेका गिरीले  रिपोटर्स क्लब नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता असार १३ गतेदेखिको नेकपाका २ अध्यक्षद्वयको विवादलाई नेपाली जनताले राम्रोस...