काठमाडौं। नेपाली कांग्रेस भित्रको पुरानो संस्थापन पक्ष आगामी १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफलमा जुटेको छ । पुरानो संस्थापन पक्ष मानिएको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला परिवारसहितका नेताहरू १४औं महाधिवेशनमा साझा उम्मेदवारको सम्भावनाबारे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् ।