नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । तेस्रो दिन आइतबार केन्द्रीय कार्यालयमा सानेपामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै विभिन्न प्रस्तावहरूमाथि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। सहमहामन्त्री जीवन परियारका अनुसार बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बारा क्षेत्र नं. दुईको उपनिर्वाचन, सरकारमा पार्टीको सहभागीसहित समसामयिक विषयमा छलफल हुनेछ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। उपत्यका वाहिर रहेका नेताहरु बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो। एयर मालिन्दोको विमान रनवेबाट चिप्लेर दुर्घटना भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गए राति देखि नै अवरुद्ध भएको थियो। आन्तरिक उडान पनि प्रभावित हुँदा उपत्यका बाहिर रहेका नेताहरु बैठकमा…