पश्चिम युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणका लागि ‘युद्ध अपराध’ को अभियोग लगाउने योजना बनाएका छन् भनिन्छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई इराकमा गैरकानुनी युद्ध र लाखौं मानिसको हत्याका लागि कहिल्यै आधिकारिक रूपमा आरोप लगाइएन ।