काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन । विमानस्थलमा तातोपानी खान आग्रह गर्दा दावाले खान आनाकानी गरे । ‘ढिला गरेर पानी पिउन थालेपछि हामीलाई शंका लाग्यो’ ब्यु