खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा खैरो हेरोइन १९१.७१० ग्रामसहित अवैध कारोबारमा संलग्न १२ जना मानिसहरुलाई पक्राउ गरिएको हो ।गत फागुन २३ गते काठमाडौँको कागेश्वरी मनोहरा नपा वडा नं. ७ स्थित सडक किनारमा ३३ वर्षीय विक्रम नगरकोटी, २१ वर्षीय रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाललाई १५० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको थिय