काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गर्न सकेन। बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय नगरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह