मुक्तिनाथ विकास बैंकले वित्तीय कारोबारसँगै पछिल्लो समय ठूलै पहलकदमीसहित कृषिमा लगानी बढाएको छ । बैंकले आफ्नो छुट्टै भगिनी कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ स्थापना गर्दै कृषि कार्यमा लागेको हो । सन् २०१८ मा स्थापित कम्पनीले मुलुकका सातै प्रदेशलाई केन्द्रित गर्दै कृषि उत्पादन तथा अनुसन्धान कार्यलाई तीब्रता दिएको हो । कम्पनी सातै प्रदेशका सात प्रमुख सहरमा क्षेत्रीय कार्यालय स्थापना गरेर अघि बढिरहेको छ । कम्पनीका अनुसार पूर्वको प्रदेश–१ मा इटहरी, मधेस प्रदेशको राउतघाट, बागम