कमल थापाको उम्मेदवारीसँगै एमाले पार्टी कार्यालयमा कार्यकर्ताले लगाए ताल्चा

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेको सूर्य चिन्हबाट लडेका थापाको उम्मेदवारी दर्तासँगै एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्।थापा नेकपा एमालेको समर्थनमा मकवानपुर–१ बाट उम्मेदवार बनेका हुन्। केन्द्रमा एमालेले थापालाई समर्थन दिएपनि जिल्लामा भने उनको विरोधमा कार्यकर्ताले पार्टी कार्यालयमा तालाब

सम्बन्धित सामग्री

माओवादी नेतालाई कमल थापाले गरे एमालेमा स्वागत

२४ असोज, हेटौंडा । एमाले पार्टी कार्यालय मकवानपुरमा आज एउटा अचम्मको दृश्य देखियो । नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दै थिए भने उनको स्वागत गर्नेमा थिए– राप्रपा नेपालका अध्यक्ष कमल थापा । एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका […]

एमालेको चियापानमा कमल थापा पनि सहभागी

हेटौँडा। चाडपर्वको अवसरमा नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन्। एमाले मकवानपुरले आज बिहीबार आयोजना गरेको कार्यक्रममा थापा पनि पुगेका हुन्। अध्यक्ष थापा आफ्ना भाई गणेश थापा सहितका कार्यकर्ता लिएर एमाले पार्टी कार्यालय पुष्पलाल पार्क पुगेका हुन्।

एमाले चियापानमा कमल थापाको अर्थपूर्ण ‘इन्ट्री’

हेटौँडा । नेकपा एमाले मकवानपुरले बिहिबार हेटौँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा भाई गणेश थापा सहितका कार्यकर्ताहरु लिएर एमाले पार्टी कार्यालय पुष्पलाल पार्क प्रवेश गरेपछि एमाले कार्यकर्ताहरु चकित परे । एमालेसँग तालमेलको गाँईगुँई सुनेका कार्याकर्ताहरुलाई थापाको एमाले पार्टी कार्यालय प्रवेशबाट मकवानपुरको क्षेत्र नंबर १ मा थापानै उम्मेदवार हुने कुरा […]

कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ । उनले एमालेका दोस्रो तहका नेतासँग छलफल गर्ने बताइएको छ । उनले केहि दिन अघि सूर्य चिह्नबाट चुनाव लड्न सक्ने संकेत गरेका थिए ।