काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले संसद विघटनलाई अझै एजेण्डाको रुपमा लिन नहुने बताएका छन्। वाम एकताबारे मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक समस्या र विभाजनको औचित्य छैन। वैचारिक र सैद्धान्तिक रुपमा एउटै कुरा गरेर ३ वटा पार्टी किन चाहियो? संसद विघटनको बिषयमा मतभेद भए पनि अहिले इतिहास भइसकेको छ।' एमालेले अझै संसद विघटन नै सहि थियो भन्यो भने संविधान भत्किन सुरु गर्ने उनको भनाइ छ। ‘पुष ५ को संसद विघटन र