सीता दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । उनी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । देउवाले...

सम्बन्धित सामग्री

महामन्त्री सिंह र प्रचण्डबीच भेटवार्ता, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर महामन्त्री सिंहले बिरामी भएर उपचाररत सीताको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेट्न सिंह सोही अस्पताल पुगेपनि डिस्चार्ज भइसकेका कारण उहाँको निवासमै पुगेर भेट गर्नुभएको हो । त्यस क्रममा महामन्त्री सिंह र नेकपाका अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा कुराकानी भएको छ । त्यस क्रममा सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनस्र्थापना हुनुपर्छ’ सिंहले भन्नुभयो, ‘यो विषयमा समान धारणा भएका दलहरुले सयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनर्स्थापना गर्न जोड दिनुपर्छ । सिंहले संयुक्त आन्दोलन सम्भव नभएपनि एक अर्को पक्षको आन्दोलनलाई समर्थन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । महामन्त्री सिंहले संसद विघटनविरुद्ध अन्य दल एकमत भएपनि नेपाली कांग्रेसले निर्णय गर्न नसकेको बताउनुभयो । खासगरी कांग्रेसको देउवा पक्ष दोधारमा रहेको उहाँको भनाई थियो । ‘यो विषयमा कांग्रेसको धारणा के हो, उसले स्पष्ट गर्नुपर्छ’ सिंहले भन्नुभयो, यदी कांग्रेस पनि संसद पुनर्थापनाको पक्षमा आउँछ भने हाम्रो समर्थन रहन्छ ।’ सीता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी) बाट पीडित हुनुहुन्छ । दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो ।