चिसो ह्वात्तै बढ्यो, जनजीवन प्रभावित

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०।५ र अधिकतम् तापक्रम २१।७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका […]

सम्बन्धित सामग्री

चिसोसँगै विरामी बढे‚ कोरोना पनि ह्वात्तै बढ्यो

पर्सा : पुस महिनाभर खासै चिसो नभएको यो हिउँदमा माघ लागेदेखि मध्य तराईको जनजीवन प्रभावित भएको छ। कोरोनाको तेस्रो भेरियन्टका रूपमा बढेको ओमिक्रोन भाइरसको चापसँगै मध्य तराईमा चिसोको चाप पनि नराम्ररी बढेको हो।पुस महिनाको भन्दा अधिक चिसो बढेका कारण काम विशेषले घरबाहिर निस्कन पर्ने र दैनिक रोजगारी तथा ज्याला मजदुरी गरी आफू र परिवारको खर्च जुटाउने सर्वसाधारण निकै सास्ती भोगिरहेका छन्।पुसमा स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक चौराहामा आगो बालिदिने र विपन्नलाई न्यानो कपडा वितरण गरिए पनि माघको अधि