डेढ वर्षदेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई छुट्याइएको बजेटप्रति कति सन्तुष्ट छन् चलचित्रकर्मी?

काठमाडौं: कोरोना भाइरसको संक्रमणका कारण चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो। २०७६ साल चैतदेखि भएको लकडाउनले थला परेको फिल्म उद्योग अहिलेसम्म पनि ठप्प छ। २०७७ सालमा केही फिल्म रिलिज भए, सिनेमा हल खुले तर दर्शकको उपस्थिति न्यून रह्यो। होल्डमा रहेका फिल्म प्रदर्शन भएनन्। अवस्था सामान्य नभएसम्म फिल्म प्रदर्शन गर्ने 'मुड'मा छैनन्…

सम्बन्धित सामग्री

नाटकघर निर्माणमा अन्योल : ‘स्थानीय सरकारले लिएन अपनत्व’

धरान (अस) । प्रदेश १ का कलाकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको नाटकघर निर्माण बजेट सुनिश्चित नहुँदा अन्योलमा परेको छ । स्थानीय तथा प्रदेश सरकारले अपनत्व नलिँदा धरानमा नाटकघर निर्माणले गति लिन सकेको छैन । धरानको सभागृह परिसरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माण अघि बढाइएको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभएपछि निर्माण ठप्प बनेको नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का संयोजक एवं नाटकघर निर्माण उपभोक्ता समितिका सचिव अरुण प्रधानले बताए । ‘नगरपालिकाले अपनत्व महसूस गरेको छैन,’ उनले भने, रंगकर्मीका लागि व्यक्तिगत घर बनाएको जस्तो सोच जनप्रतिनिधिको छ, कसैको पनि चासो छैन ।’ धरानका रंगकर्मीको पहलमा आर्थिक वर्ष २०७६/७७ मा संघीय सांसद जयकुमार राईको निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख रुपैयाँ विनियोजन गरिएपछि नाटकघर निर्माण अघि बढेको थियो । नाटकघरको भौतिक संरचना निर्माणमा ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा निर्वाचन क्षेत्र विकास कोषबाट ४० लाख विनियोजन गरिएपछि दोस्रो चरणमा धरान उपमहानगरपालिकाले १८ लाख र पुनः कोषबाट १५ लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा धरान उपमहानगरपालिकाले यसमा बजेट विनियोजन नगरेको प्रधानको गुनासो छ । निर्माण शुरू गर्दा सबैतिरबाट बजेट आउने प्रतिबद्धता गरिए पनि कोरोनाको प्रभाव देखाउँदै स्थानीय निकायले बजेट कटौती गरिदिएको प्रधानले बताए । धरानबाटै प्रदेश सभामुख भएका प्रदीपकुमार भण्डारीले बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कोरोना कारण छुटेको बताएको प्रधानको भनाइ छ । केही दिनअघि संघीय सांसद जयकुमार राईले नाटकघरको अनुगमन गरेका थिए । बजेट सुनिश्चित नभएपछि ठप्प रहेको नाटकघर निर्माणका लागि सम्भावित स्रोतका लागि पहल गरिदिने प्रतिबद्धता उनको छ । कोभिडको कारण विदेशबाट आउने सहयोग पनि रोकिएकाले थप समस्या भएको प्रधानले बताए । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजना अनुसार अघि बढेको नाटकघर निर्माणमा स्रोत नजुट्दा वर्षौं लाग्ने देखिएको उनको भनाइ छ ।

फिल्म क्षेत्र सुचारु गर्न ‘सीसीएमसी’ सकारात्मक

विगत ६ महिनादेखि चलचित्र क्षेत्र ठप्प छ । चलचित्र सम्बन्धी कुनै पनि गतिविधी नहुँदा यो क्षेत्रमा काम गरेर आफ्नो जीवन अगाडि बढाइरहेका चलचित्रकर्मी समस्यामा परेका छन् । नेपाल सरकारले देशका विभिन्न क्षेत्र सुचारु गरेपनि चलचित्र …