प्रमुख निर्वाचन आयुक्तको चेतावनी : अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्नू

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।​ सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरूप्रति लक्षित मि...

सम्बन्धित सामग्री

अँध्यारो कोठामा बसेर चुनाव बिथाेल्ने गतिविधि नगर्न आयाेगकाे चेतावनी

काठमाण्डाै – निर्वाचन आयाेगले चुनावकाे स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेकाे छ । आज सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुन...

युुक्रेन युद्धले सम्पूर्ण विश्वलाई प्रभावित गरिसक्यो : बाइडेन

टोक्यो । एकदिन अघि मात्र ताइवानी विषयलाई लिएर चीनलाई चेतावनी दिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना प्रमुख एसियाली गठबन्धनलाई सम्बोधन गर्ने क्रममा युक्रेनमाथि भएको रुसी आक्रमणका कारण विश्वले साझा इतिहासमा अँध्यारो पलको महशुस गरिरहेको बताएका छन् ।  उनले भनेका छन्, “यो युद्ध अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रतिरक्षा गर्नु महत्त्वपूर्ण छ भन्ने जोड...

मूल्यबृद्धि नियन्त्रण नगरे आन्दोलनको आँधीबेरी ल्याउने अनेरास्ववियुको चेतावनी

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुनिता बरालले बुधवार विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लागेकोे भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारसँग माग गरेकी हुन् । अध्यक्ष बरालले जारी गरेको विज्ञप्तिमा अनेरास्ववियुका माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनको आँध

प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को संज्ञा दिँदै ओलीको चुनौती : ल हटाएर देखाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ र अर्का अध्यक्ष माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’ को संज्ञा दिनुभएको छ । आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘मिस्टर कन्फर्टेवल’ र ‘मिस्टर हेल्लो’ (प्रचण्ड–नेपाल) ले देश बर्बाद पार्न लागेको आरोप लगाउनुभयो । उहाँले आफू पनि यही देशमा रहेको नबिर्षन चेतावनी दिँदै आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । ‘एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन्’ उहाँले भन्नुभयो, ‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स।’ प्रचण्डले शुक्रबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेस, आफू र जनता समाजवादी पार्टी मिल्दा ‘भारतलाई पनि कन्फर्टेवल हुने’ बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललाई ‘झुसे बारुला’को संज्ञा दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले प्रचण्ड र माधव नेपालले कांग्रेस र राजपा नेताहरुलाई भेट्न गएकोपनि उनीहरुले वास्ता नगरेपछि निराश भएको बताउनुभयो । ‘सुतिरहेका बूढानीलकण्ठ जान्छन् भनेको उठेको बूढानीलकण्ठ पो पुगेछन् र प्रभू केपी ओलीलाई हटाउनुपर्यो भनेछन्। उहाँले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो, विचराहरु अँध्यारो मुख लाएर गएछन्’ ओलीले भन्नुभयो, ‘अर्को ठाउँमा गएर मिलेर जाउँ भनेछन्। त्यहाँ पनि तपाईंहरुको कुन पार्टी हो? भनेपछि झसंग भएछन् ।’ ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आए त्यसको डटेर सामना गर्ने चेतावनी पनि दिनुभयो ।