काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैँ लागिरहने समेत बताए। आइतबारबाट काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा उनले मजदुरले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताए। […]