काठमाडौं, २७ जेठ । पूर्वबाल लडाकु लेनिन विष्टले अस्थायी शिविरबाट निस्केको १३-१४ वर्षसम्म न्याय नपाएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको बताएका छन् । ‘हामी क्यान्टोनमेन्टबाट निस्केको १३-१४ वर्ष भैसक्यो । यतिबेलासम्म न्याय नपाएपछि सर्वोच्च अदालत गएको हौं । विगतको द्वन्द्वमा प्रयोग भएका बालबालिकाको उचित व्यवस्थापन, राहत र क्षतिपूर्तिका निम्ति जानु हाम्रो बाध्यता हो । भविष्यमा कुनै […]