चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ । राष्ट्रपति सीको भ्रमणले ऊर्जा, पूर्वाधार, कृषि, कनेक्टिभीटीलगायत नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा चिनियाँ लगानीभित्र्याउन टेवा पुग्ने छ । दुई देशका कार्यकारी प्रमुखबीच भएका सम्झौताको सफल कार्यान्वयन भएमा नेपालमा परिवर्तन देख्न सकिने र निजी क्षेत्रको समृद्धिको लक्ष्यमा सहयोग पुग्ने भएको छ । दुबै पक्षबाट सम्झौताको सफल कार्यन्वयनमा जोड दिनुपर्नेमा निजी क्षेत्रको जोड छ ।