बन्दका क्रममा दूध बोकेको गाडी तोडफोड भएकाेमा डेरी एसोसिएशनको आपत्ति

काठमाण्डाै - बन्द हड्तालका नाममा अत्यावश्यक वस्तुको सूचीमा रहेको दुग्ध क्षेत्रलाई अवरोध गरिएको भन्दै नेपाल डेरी एसोसिएशनले आपत्ति जनाएको छ । एमसीसी पास परेको विरोधमा विभिन्न दलले आज गरेको नेपाल बन्दका क्रममा काभ्रेको बनेपाबाट दूध लिएर काठमाण्डौ आउँदै गरेको गाडीलाई सुकेधारामा तोडफोड गरिएको भन्दै एसोसिएशनले आपत्ति जनाएको छ । सरकारले नै दुग्ध क्षेत्रलाई अति आवश्यक सूचीमा राखेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि विना रोकतोक ढुवानी भइरहेकोमा यसपटक गाडी तोडफोड एवम् ढुवानीमा स...

सम्बन्धित सामग्री

सुकेधारामा दूध बोक्ने गाडी तोडफोड, क्षतिपूर्ति दिनुपर्ने एसोसिएसनको माग

१६ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारामा बन्दकर्ताले दूध ढुवानी गर्ने गाडी तोडफोड गरेका छन् । शुभारम्भ डेरीको प्रदेश ३–०१००३ क ४८२१ नम्बरको गाडी तोडफोड गरेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । दूध ढुवानी गरेर …

बन्दकर्ताले दूध ढुवानीका साधनमा क्षति पुर्‍याएकोमा दु:ख व्यक्त

फागुन १६, काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सूचिमा रहेको भन्दै यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा दुःख व्यक्त गरेको छ । एशोसिएशनले सोमवार विज्ञप्ति जारी गर्दै बिगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भइरहेकोमा यसपटक एमसीसी पास भएको विरोधमा आठ ओटा राजनीतिक दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दूध ढुवानीमा गरी काठमाडौंको सुकेधारामा आउँदा बिहान ६ बजे तोडफोड गरिएको उल्लेख गरेको छ ।  विज्ञप्तिमा राज्यले उच्च महत्वका साथ दूध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता दिएको उल्लेख गर्दै  राज्यले नीति नियम बनाउने तर गरिने व्यवहारमा चाहीं त्यो अनुसार नगरिनाले अत्यन्तै समस्या पर्न गएको उल्लेख छ ।  साथै विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा आम सरोकारवालाहरुले धेरै अगाडिबाट उठाएको विषय दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझि ढुवानीलाई बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा  प्रतीक चिन्ह ( लोगो ) निर्माण भइ  प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्दकर्ता राजनीतिक दलका लागि पनि शोभनीय नहुनु पर्ने हो भनिएको छ ।  उसले बन्द हडतालमा अब आइन्दा अत्यावश्यक बस्तु बोक्ने कुनै पनि सवारी साधनमाथि तोडफोड नगर्न र सोमवार तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई अनुरोध गरेको छ ।