काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विरोध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् ।