जुम्ला-कच्चा पदार्थको अभावले जुम्लाको एक मात्र राडीपाखी उद्योग बन्द भएको छ । उत्तरी नाका महिनौदेखि बन्द हुँदा (उन) नआएपछि जुम्लाको तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको हो । उद्योग सञ्चालक कुन्जाङ पुटिक तामाङले चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी राडीपाखीको माग धेरै भएको र कोभिडपछि कच्चा पदार्थ नभएकोले उद्योगबाट काम ठप्प भएको बताइन् […]