संसद्को रोष्टमबाट ओलीको प्रश्नः सरकारको साझा कार्यक्रममा लिपुलेक फिर्ता ल्याउँछौँ भन्न किन नसकेको?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालाई समस्याका रूपमा चित्रण गरिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिपक्ष दलको नेताका रूपमा मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भूमि फिर्ता ल्याउने विषय समस्या हुन नसक्ने टिप्पणी गरे। उनले भने, ‘सरकारको साझा कार्यक्रममा सिधै भारतसँग वार्ता गरेर नेपालको भूमि फिर्ता ल्याउँछौँ भन्न किन नसकेको?’

सम्बन्धित सामग्री

सरकारको साझा कार्यक्रम माथि ओलीको ७ प्रश्न

नेकपा एमाले संसदिय दलका नेता के पी शर्मा ओलीले सरकारको गठबन्धनले जारी गरेको साझा निति तथा क्रार्यक्रममाथी विभिन्न प्रशन उठाएका छन्। मंगलबार प्रतिनिधिा सभाको बैठकमा ओलीले विभिन्न प्रश्न उठाएका हुन्। ओलीले कार्यक्रम सार्वजनिका गर्दा संसध छलेको देखी एमसीसीका बारेमा नबोलेको तथा लिपुलेक, लिम्पिीयाधुरा कसरी समस्या भयो भने जस्ता प्र्रश्न गरेका छन्।