उक्लिँदै चलचित्र बजार

कतिपय सरोकारवालाले पछिल्लो समय नेपाली चलचित्रको बजार खस्कँदो अवस्थामा रहेको बताइरहेका छन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन । अधिकांश चलचित्रले निर्माणकर्तालाई प्रतिफल दिन सकिरहेका छैनन् । २०८० सालको चलचित्रको बजार पनि विगतको जस्तै भएको छ । यस वर्ष प्रदर्शनमा आएका धेरै जसो चलचित्रको व्यापार ‘टायँ टायँ फिस’ भए । २०८० साल वैशाख १ गते चलचित्र ‘जारी’ प्रदर्शन भएको थियो । यस चलचित्रले राम्रो व्यापार गरेको र व्यापारका हिसाबले सफल भएको जानकारहरू बताउँछन् ।

सम्बन्धित सामग्री

दयाहाङले तताएको चलचित्र बजार

नेपाली चलचित्रमा एक समय नायक राजेश हमालको निकै चर्चा हुने गथ्र्याे तर पछिल्ला दिनमा हमालको खासै चर्चा छैन । कहिले भुवन केशी त कहिले शिव श्रेष्ठले पनि नेपाली सिने जगत्मा उत्तिकै चर्चा कमाएकै हुन् । केही वर्षयता नयाँ नायकहरूको नेपाली चलचित्र क्षेत्रमा प्रवेश त भएको छ तर खासै चर्चामा नआई सेलाउनेको सङ्ख्या अधिक छ । अचेल चलचित्रमा बढी अनुबन्धित हुने नायकमा दयाहाङ राई देखिएका छन् ।

विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

काठमाण्डाै - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ ।  मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहि...

विदेशीसँग भिड्न मौलिक कथा

दुई वर्ष लामो कोरोना संक्रमण मत्थर भएसँगै अन्यजस्तै नेपाली चलचित्र क्षेत्रमा पनि चहलपहल बढ्न थालेको महसुस हुन्छ । चलचित्र बजार खुलेकोमा चलचित्रकर्मी जति उत्साहित छन्, उत्तिकै चिन्तित पनि । मूलतः कोरोनाकालबाट केही महिनायताबाट नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ बाहेक अरुले ‘बक्स अफिस’मा खासै व्यापार नगर्नुले पनि उनीहरू चिन्तित देखिएका छन् । ‘अब यो वर्ष […] The post विदेशीसँग भिड्न मौलिक कथा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र बजार तरंगित

कोभिड–१९ (कोरोना भाइरस) का कारण विश्व अर्थतन्त्र तहसनहस बनाएको अवस्था छ । झन् नेपालजस्तो विकासोन्मुख मुलुकलाई कोभिड महामारीले निकै असर पारेको छ । कोरोनाको त्रासपश्चात् मुलुकको अर्थतन्त्र, व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना बिस्तारै माथि बढ्दै गरेको अवस्थामा भने नेपाली चलचित्र क्षेत्र भने अझै पनि माथि उठ्न सकेको छैन । कोरोनाको तेस्रो लहरको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र क्षेत्रमा […]

कोरोनाको चपेटामा चलचित्र बजार

नेपाली चलचित्रको त्यति लामो इतिहास भने छैन । यद्यपि नेपालको पहिलो चलचित्रको विषयमा भने ‘सत्य हरिशचन्द्र’ र ‘आमा’ चलचित्रबीच विरोधाभास चलिरहन्छ । यद्यपि यी चलचित्र निर्माणका समयमा यी दुई चलचित्रबाहेक अन्य चलचित्र निर्माण नभएका कारण यी दुईमध्ये एक पहिलो चलचित्र भने निश्चित नै हो । ‘सत्य हरिशचन्द्र’लाई पहिलो चलचित्र मान्ने हो भने ७० वर्षे नेपाली […]

चलचित्र बजार फेरि अन्योल

कोरोना सङ्क्रमण घटेसँगै चलचित्र क्षेत्र पनि चलायमान हुन थालेको थियो तर अहिले फेरि सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ । यसको असर चलचित्र क्षेत्रले पनि भोग्नु नै पर्नेछ । यस विषयमा चर्चा गर्दा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’को चर्चा वाञ्छनीय हुन आउँछ । यस चलचित्रले दर्शकको धेरथोर माया जित्न सफल भएको छ । यसभन्दा अघि प्रदर्शनमा आएका ‘चुरीफुरी’, ‘ओभरडोज’लगायत केही चलचित्रले कुनै स्थान बनाउन सकेका थिएनन् । दुई वर्षदेखि बन्द रहेको सिनेमा हलको शून्यता तोड्न गत वर्ष आजकै दिन (माघ १) ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गरेको थियो । त्यतिबेला यो चलचित्रले गरेको साहसको चौतर्फी प्रशंसा पनि भयो ।

महानायक विवादको शल्यक्रिया

अहिले नेपाली चलचित्र जगत कोरोना महामारीका बीच पनि तातेको छ । कुनै नयाँ चलचित्रले अपार सफलता प्राप्त गरेको, चलचित्र निर्माण र प्रदर्शनमा अस्वस्थ प्रतिस्पर्धा भएको वा चलचित्र इतिहासमा कुनै चलचित्र वा चलचित्रको पात्रले कुनै इतिहास रचेका कारण चलचित्र बजार तातेको चाहिं होइन । फुर्सदिला उत्पादक, बेरोजगार कलाकारका बीच यसरी चलचित्र जगत तातेको नेपाली चलचित्र क्षेत्रको […]

संजयको ‘गंगुबाई काठियावाडी’सँग राजमौलीको ‘आआरआर’ भिड्ने पक्का

बलिउड तथा साउथका चलचित्रहरुले लगातार प्रदर्शन मिति बुक गरिरहँदा ठूला–ठूला भिडन्तको संभावना समेत बढेर गएको छ । निर्माण भएर बसेका दर्जनौ चलचित्रले प्रदर्शन मिति तय गर्दा करिब डेढ बर्ष हिन्दी चलचित्र बजार व्यस्त हुने देखिन्छ । ३ दिन अगाडि मात्र निर्देशक संजयलिला भन्सालीले आफ्नो प्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रदर्शन मिति सन् २०२२ को जनवरी ६ […]

युद्ध बाँनियाः पूजाको मन जितेका ‘ह्यान्डसम हङ्क’

चलचित्र बजार गसिपको क्षेत्र हो । पर्दा अगाडि देखिने कलाकारको बिषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाही उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ भने कहिलेकाही टाउको दुखाइको बिषय । अझ, एउटै चलचित्रमा काम गर्ने नायक र नायिकाको प्रेम सम्बन्धको खबर त हलिउड, बलिउड या कलिउड सबैतिर पेज थ्रीको मुख्य आकर्षण बन्ने गर्दछ । नायिका पूजा शर्मा […]

अशोक शर्माको आक्रोश : ‘यो देशमा सरकार नै छैन’

काठमाडौं: फिल्म निर्माता तथा निर्देशक अशोक शर्माले यो देशमा सरकार नरहेको अनुभूति भएको टिप्पणी गरेका छन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको 'कोरोनापछि चलचित्र बजार' छलफलमा बोल्दै निर्देशक शर्माले सरकारप्रति आक्रोश पोखेका छन्। 'सरकार चल्ने भनेको व्यवसायी र जनताको करबाट हो। त्यसैले सरकारले लिने मात्रै होइन। दिने पनि…