भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान सुरु, विमानको चाप बढ्दै जाने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यत्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ । …