सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान

धनगढी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दमाथि अनुसन्धान गर्न थालिएको छ । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि उनको जिम्मेवारी खोसेर छानबिन प्रक्रिया सुरु गरिएको हो । प्रमुख चन्द पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी हुन् । उनीमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट […]

सम्बन्धित सामग्री

स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

विराटनगर । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ । भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल  प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो । आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो । घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो । अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई  कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिश गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।

सशस्त्रका इन्सपेक्टर र सई ५० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा–३ तोण्डिहवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित पक्राउ गरेको छ ।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बिहीवार प्रेस विज्ञप्...

५० हजार घूससहित सशस्त्र प्रहरी इन्स्पेक्टरर सई पक्राउ

काठ मिल संचालनका लागि सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) र नायव निरीक्षक (सई)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ :: Pahilopost.com

काठमाडौं : सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो।  प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा