काठमाडौं (हाम्रो खेलकुद) - नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीले शनिवार धनगढी एफसीविरुद्ध पाएको रातो कार्डको आयोजकसँग अपिल गर्ने भएको छ । खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल