काठमाडौँ, १९ असोज। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई बुझाएको छ। आज (मंगलबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कुटर सवारी धनिलाई जिम्मा लगाएको हो । हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन् । […]