महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमकाबीच उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका ल