जेठ १९, काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ९ गतेका लागि बोलाइएको छ ।
कम्पनीको वैशाख १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको बानेश्वर हाइट, काठमाडौंमा रहेको कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र समितिको बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा सुविधाको विषयमा पनि आवश्यक छलफल गरी स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नहोस् :