हुम्लाका २५ वटा विद्यालयमा पुरानै पाठ्यपुस्तकबाट पढाइ सुरु

दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका विद्यालयमा नयाँ पाठ्यपुस्तक बिनै पठन पाठन सुरु भएको छ । कोरोना त्रास कम भएको निष्कर्ष निकाल्दै पुस्तक नआएको भएपनि गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाका सबै विद्यालयमा पुराना पुस्तकका आधारमा पठन पाठन सुरु भएको हो । बाल कल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर शाहीले नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु भएपनि पाठ्य पुस्तक आई नपुगेको बताउनुभयो । गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे अनुसार उहाँले हाल पुराना पुस्तकबाट गाउँपालिकाका सबै विद्यालयले पठन पाठन सुरु गरेको बताउनुभयो । पुराना पुस्तक भएका विधार्थीहरुले लिएर आउने तर नभएका विद्यार्थी खाली हात विद्यालयमा आउने गरेका छन् । कक्षामा शिक्षकले पुरानै पुस्तकका आधारमा पठन पाठन सुरु गर्नु भएको छ । उहाँले विद्यालय खुलेपछि बाध्य भएर शिक्षकहरु पुराना पुस्तकबाट पढाई सुरु गरि रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

हुम्लाका ७७ वटा विद्यालयमा पठनपाठन सुरु

लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । कक्षा एकदेखि पाँचसम्मका विधार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षाका विधार्थीको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य मास्ककाे प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको उहाँले बताउनुभयो । सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।

गाउँ-गाउँमा स्कुल खुल्न थाले, सरकार अझै ‘पर्ख र हेर’को अवस्थामा

काठमाण्डाै - हुम्लाका तीन वटा गाउँपालिकाका ५१  वटा विद्यालयहरुमा पठन-पाठन सुरु भएको दुई महिना भइसकेको छ । कोरोना सङ्क्रमणमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । उत्तरी नाम्खा तथा दक्षिणतिरका खार्पुनाथ र ताँजाकोट गाउँपालिकाका गरी ५१ विद्यालयमा साउन महिना लागेसँगै पढाइ सुरु भएको हो ।...