काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। आइतवार महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित…