सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]