अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । ट्रम्पले यसअघि नै ल्याएको ‘अमेरिका फस्ट’ (पहिले अमेरिका) कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकताका साथ राखिएको छ ।