सीमान्त समुदाय अभिजात शासक वर्गबाट निरन्तर आक्रमणको निसानामा छ । आक्रमणको पछिल्लो कडी बन्न पुग्यो, आरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला । आखिर जातीय तथा वर्गीय संरचनाभित्र गरिने निर्णयहरू पनि सोही मुताबिकै...
सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।...
कैलाली – थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ। खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ। धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताउँछन्। यस […]
जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय–प्रहरी कार्यक्रम गरिएको छ। प्रहरीले ११ वटा स्थानीय तहमा समुदाय–प्रहरी कार्यक्रम गरेको हो।...
बलेवा । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिकको अन्तिम साता दिएको थियो । […]
पोखरा । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उनको योगदान थियो । नेपालमै पहिलोपल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा उनको प्रत्यक्ष–अप्रत्यक्ष […]
The post थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो।उनीहरूको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ। मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ।नेपालभर यस जातिको जनसङ्ख्या जम्मा ८१ मात्र रहेको छ भने घरधुरी सङ्ख्या २१ छ। यस समुदायमा विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ। महिला विवाह गरेर समान
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...