लोपोन्मुख वनकरिया समुदाय अझै सुकुम्बासी

‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो।उनीहरूको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ। मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ।नेपालभर यस जातिको जनसङ्ख्या जम्मा ८१ मात्र रहेको छ भने घरधुरी सङ्ख्या २१ छ। यस समुदायमा विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ। महिला विवाह गरेर समान