नवलपुरमा जग्गा नापीको कामले गति लिँदै, ८ पालिकामध्ये ३ ओटामा काम शुरु

नवलपुर । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपुर (नवलपरासी पूर्व)मा जग्गा नापीको कामले गति लिन थालेको छ ।  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो ।  नवलपुरका आठओटा पालिकामध्ये हाल तीनओटा पालिकामा जग्गा नापीको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी छ ।  नवलपुरको  देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनमा अनलाइन ‘इन्ट्री’को काम चलिरहेको छ । जसमध्ये देवचुली र गैंडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताए ।  जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली र बुलिङटारमा भने भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरी सम्झौताको काम सकिएको र चाँडै रहे तापनि थप आवश्यक कार्य अघि बढ्ने बताए ।  ‘करिबजसो सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघि बढेका छन्, केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ,’ जिल्ला सदस्य तामाङले भने ।  नवलपुरमा प्रारम्भिक तथ्याङ्कअनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाइन इन्ट्रीको काम सके यकिन तथ्याङ्क आउने उनले बताए । शुक्रवार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम शुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।  पालिकामा अघिल्लो आयोगका समयमा केही वडामा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम शुरु गरिएको नगर प्रमुख भुसालले बताए । जग्गाको समस्या चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । वर्षौंदेखि भूमिहीन सुकुम्बासीका रूपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरी भूमिहीन, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।   कावासोती नगरपालिकाभित्र सात हजार पाँच सय ६७ जनाले आवेदन दिएका छन् । नगरपालिकामा सात सय सात भूमिहीन दलित, एक हजार दुई सय ५१ भूमिहीन सुकुम्बासी र पाँच हजार छ सय नौ जना अव्यवस्थित बसोबासीले आवेदन दिएका छन् । जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ । पालिकाभित्र यसअघि दुई हजार ८६ कित्ताको नापीसमेत सकिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३, ५, १०, १५ र १७ मा यसअघि नापी गरिएको छ । तर, यी वडामा पूर्णरूपमा नापीको काम सम्पन्न हुन बाँकी छ । जग्गा नापीको काम सकिने वडामा क्रमशः फिल्डबुक तयार पार्ने, स्रेस्ता पुर्जा तयार पार्ने र पुर्जा वितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताए । रासस 

सम्बन्धित सामग्री

नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु

लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ।

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकको मृत्यु

नवलपुरमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट एकजनाको निधन भएको छ। नवलपुरको देवचुली १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।  नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस...

नवलपुरमा दुर्घटनामा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : नवलपुरमा दुई खेल हुने

काठमाडौँ,२३ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत नवलपुरमा दुई खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले दुई खेल नवलपुरमा खेलाइने तय भएको हो । प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी […]

जिसस नवलपुरमा एमाले विजयी

कावासोती – जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ। आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन्। सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल […]

कांग्रेसमा फरक दृश्य : नवलपुरमा देउवा–कोइरालाको गठबन्धन

७ मंसिर, पोखरा । नेपाली कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा र इतर सूमहबीच प्यानलै बनाएर प्रतिस्पर्धा भइरहेको छ । तर महामन्त्री शशांक कोइरालाको जिल्ला नवलपुरमा भने फरक दृश्य देखिएको छ । नवलपुरमा संस्थापन इतर समूहभित्र पनि शशांक पक्ष हाबी छ । त्यहाँ शशांक पक्षले देउवा पक्षसँग मिलेर एउटै प्यानल बनाएको छ भने […]

नवलपुरमा बस पल्टिँदा ४२ घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन्। आज बिहान १०ः३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका  लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा...

नवलपुरमा तीजपछि सबै विद्यालय खुल्ने

नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । विद्यालय सरसफाई लगायतका सबै काम पुरा गरेर खोल्ने तयारी गर्न निर्देशन दिइएको छ । यद्यपी कुन दिनबाट विद्यालय खोल्ने भन्ने निर्णय भने सम्बन्धित पालिकाले गर्न सक्नेछन् […]

गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना नवलपुरमा

नवलपुर, ८ साउन । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना […]