सागसब्जीका बेर्ना बेचेर ६ लाखसम्म आम्दानी

आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाउनुभएकी कैलालीको टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्नुहुन्छ । जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन उहाँ भन्नुहुन्छ । थोरै जमिनमा सागसब्जीका बेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ […]

सम्बन्धित सामग्री

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

स्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् ।उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट २० लाख...

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

वालिङ (स्याङ्जा)- यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् । उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका स...

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ ।

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस