सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

स्याङ्जाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् ।उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट २० लाख...

सम्बन्धित सामग्री

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो ।

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

वालिङ (स्याङ्जा)- यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् । उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका स...

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ ।

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस