अमेरिकामा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि

वासिङ्टन । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्क अनुसार अब प्रति दिन लगभग १०३,००० नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० […]

सम्बन्धित सामग्री

चीनमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै, वास्तविक संख्या भने लुकाउँदै

चीनमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ। कोरोना महामारीबाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भइरहँदा चिनियाँ सत्ताले वास्तविक मृत्यु हुनेहरुको संख्या भने लुकाइरहेको छ।  कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको ...

भारतमा काेराेना संक्रमितकाे मृत्युमा दैनिक वृद्धि

विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा रहेको थियो। शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ।

नेपालमा कोरोना संक्रमण २२८ % का दरले वृद्धि

वैशाख १६, काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।   मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका संक्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनका अनुसार यस हप्ता यहाँको संक्रमण दर भारतको जस्तै रहेको छ ।  गतवर्ष  भारतमा नेपालको भन्दा एक महीनाअघि नै बढी संक्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको संक्रमणको दर एउटै रहेको उनले जानकारी दिए  । ‘चार हप्तामा भारतजस्तै नेपालमा संक्रमणको दर छिटो छिटो बढेको छ’, उनले भने, ‘नेपालमा भारतमा भन्दा बढी संक्रमण दर रहेको छ ।’ नेपाल भारतभन्दा दु्रत गतिमा संक्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको उनले जानकारी दिए । संसारभरमा नेपाल अहिले संक्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाए । एक जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ । बुधवार मात्र चार हजार ८९७ जनामा संक्रमण देखिएको छ । हालसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा संक्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।  एक महीनामा एक लाख ९३ हजार संक्रमति उनका अनुसार यही दरमा संक्रमण फैलिने हो भने एक महीनामा एक लाख ९३ जना संक्रमित हुनेसक्ने छन् ।  ‘एक वर्षमा जति संक्रमित फेला पारेका थियौँ, संक्रमित यही दरमा बढ्ने हो भने हामी तीन महीनामा विगत एक वर्षको संक्रमितको संख्या पुग्ने छ’, उनले भने, ‘संक्रमतिको संख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा संक्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।’

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

एएनआई । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका …