चीनसँग तनाव कायम रहँदा भारतले किन्यो फ्रान्ससँग लडाकू विमान

चीनसँग सीमाविवाद चलिरहेको बेलामा भारतीय वायुसेनाले फ्रान्ससँग किनेको सेकेन्ड ह्यान्ड दुईवटा लडाकू विमान ग्वालियर एयरबेसमा ल्याएको छ । उक्त विमानहरूलाई पछिल्लो मापदण्डअनुरूप अद्यावधिक गरिने बताइएको छ ।  भारतीय वायुसेनाले मिराज लडाकू विमानको संख्या ५० पुर्‍याउनका लागि उक्त दुई विमान ल्याएको हो । विभिन्न ब्याचमा गरी वायुसेनाले ५१ वटा मिराज विमान हासिल गरेको छ र ती सबै ग्वालियर एयरफोर्स स्टेसनमा राखिएका छन् ।  मिराजलाई अद्यावधिक गर्न भारत र फ्रान्सबीच भएको सम्झौता ५१ वटा विमानको क्षमता अभिवृद्धिका ...

सम्बन्धित सामग्री

टर्कीसँग भिड्नका लागि ग्रीसले किन्यो राफेल लडाकू विमान (भिडियो)

टर्कीसँग भूमध्यसागरमा तनाव चलिरहेको बेलामा ग्रीसले फ्रान्समा बनेको राफेल लडाकू विमान किन्ने भएको छ ।  चौथो पुस्ताको यो विमान राजधानी एथेन्स पुगेपछि त्यसलाई तंगारा एयरफोर्स बेसमा शस्त्रपूजा गरिएको छ ।  पादरीले विमान र त्यसका पाइलटहरूलाई आशीर्वाद दिएर स्वागत गरे ।  राफेल विमान पाएपछि सीमाको रक्षा गर्ने ग्रीसको शक्ति बढेको छ । यी विमानहरूमा अत्याधुनिक र जोरदार क्षमता भएको हतियार छ ।  हतियारविद् कोन्सटान्टिनोस गिवासले बताए, ‘यी राफेल विमानहरूमा अत्याधुनिक निगरानी क्षमता छ । यिनमा जडान...